मुस्लिम आयोगले भूमिहीन मुस्लिम परिवारहरुलाई जग्गा उपलब्ध गराउन माग गरेको छ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहीन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गरेका हुन्।
उनले २०४७ सालदेखि २०७७ सालसम्म आइपुग्दा विभिन्न चरणमा १ लाख ५४ हजार जनाले दरखास्त दिएको र ४६ हजार ६ सय ९४ विघाहा जग्गा उपलब्ध हुँदा समेत भूमिहीन मुस्लिम समुदाय कसैले पनि भूमि पाउन नसकेको बताए। उहाँले अहिले पनि १४ लाख भन्दा बढी भूमि बिहीनहरुलाई जग्गा उपलब्ध गराउने खाका तयार हुँदा समेत भूमिहिन मुस्लिम समुदायहरु नपरेको बताए। उनले कुल संख्याको कम्तिमा शून्य दशमलव ५ प्र्रतिशत भूमि मुस्लिम समुदायलाई उपलब्ध गराउन माग गरे।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले अहिले १४ लाख भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन लागिएको र त्यसमा सबै समूदायका भूमिहीनहरु पर्ने बताए। उनले सुकुम्बासीको नाउँमा अव्यवस्थित बसाई गर्ने व्यक्तिहरुलाई सित्तैमा जग्गा नदिने पनि प्रस्ट परे।
ज्ञवालीले सरकारका सहसचिव तहमा काम गर्ने व्यक्तिका परिवार पनि भूमिहीनको रुपमा लामो समयदेखि जग्गा ओगटेर बसेको उल्लेख गर्दै सामान्य गरिब भूमिहीन व्यक्तिलाई सित्तैमा भूमि उपलब्ध गराउने र बाँकीलाई अवस्था हेरेर ५ प्रतिशत भन्दा माथि राजश्व लिई भूमि उपलब्ध गराउने बताए।
मूस्लिम आयोगले देशभर ७० हजारभन्दा बढी मुस्लिम परिवारहरु भूमिहीन भएकोले प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया