कारोबार


हिमालयन बैंकद्वारा कान्ती बाल अस्पतलाई सहयोग

हिमालयन बैंकद्वारा कान्ती बाल अस्पतलाई सहयोग

नेपालखबर
साउन ६, २०७७ मंगलबार १०:८,

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ।

बैंकले अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली र्‍यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मत–सम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको छ।

बैंकको महाराजगन्ज शाखा मार्फत अस्पताललाई सो मेशिन मर्मत सम्भार गर्न बैंकले एक लाख ४२ हजार ९४५ प्रदान गरेको छ।

बैंकका महाराजगन्ज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–सम्भार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन्।

बैंक तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad