समाज


केरुङ च्छो ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍यो

केरुङ च्छो ताल फुट्ने सम्भावना तत्कालका लागि टर्‍यो

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:४९,

तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ च्छो ताल फुट्ने खतरा तत्कालका लागि टरेको छ।

खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर, सचेत रहनुपर्ने प्रशासनले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने, ‘ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होइन, सीमाका चिनियाँलाई समेत खासा लागेकाले खतरा देखियो।’

सुनकोशी र भोटेकोशी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो। तातोपानी नाकाबाट करिब ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट सो तालको पानी भोटेकोशीमै मिसिने भएकाले खतरा हुनसक्ने अनुमान स्थानीय प्रशासनको छ।

दूधपोखरीको नामले चिनिने कराइ आकारको सो ताल भरिएकाले त्यसको जमेको पानी पोखिएर फुट्न सक्ने शंका गरिएको हो। प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई सोमबार साँझ खबर गरेको थियो।

तातोपानीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ। ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोशी, भोटेकोशी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामा समेत पर्नेछ तर त्यहाँबाट पानीको बहाव तल आउन्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतंकित नभई सचेत रहन मात्र आह्वान गरेका छौँ, ढकालले भने।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सुरक्षा निकायको बैठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेका कारण खोली किनारका बासिन्दा भने सचेत रहनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षित स्थानमा सर्न आग्रह गरेका थिए।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पु¥याएको थियो । त्यति बेला झण्डै १५० घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस वनाएको थियो। रासस

याे पनि: केरूङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad