ad ad

समाज


अचानक कन्स्ट्रक्सन साइट पुगेका किम जोङ उनले झपारे ठेकेदारलाई

अचानक कन्स्ट्रक्सन साइट पुगेका किम जोङ उनले झपारे ठेकेदारलाई

नेपालखबर
साउन ५, २०७७ सोमबार ७:५२,

अस्पताल निर्माणमा समस्या देखिएपछि किम अचानक प्योङयाङस्थित कन्स्ट्रक्सन साइट पुगेका थिए।

त्यहाँ उनले ठेकेदारहरुलाई लापरवाही गरेको भन्दै झपारेको केसीएनएलाई उदृतगर्दै एपीले जनाएको छ।

केसीएनएका अनुसार अस्पताल निर्माणको प्रोजेक्टमा लापारवाही तथा बजेटमा गडबडी गरेको भन्दै किमले अस्पताल निर्माणमा खटेका सबै जिम्मेवार व्यक्तिलाई निकालेर नयाँ व्यक्तिलाई काममा लगाएका छन्।

कोरोना प्रकोपबीच गत मार्च महिनामा मात्र किमले देशमा नयाँ सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका थिए। त्यसयता अस्पताल निर्माण जारी छ।

किमले अस्पताल निर्माणको घोषणा गर्नुले त्यहाँ आधुनिक मेडिकल सुविधायुक्त अस्पताल नभएको संकेत गर्ने विश्लेषहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .