समाज


जुवातास खेलिरहेका साल्ट ट्रेडिङका प्रबन्धकसहित ६ जना पक्राउ

जुवातास खेलिरहेका साल्ट ट्रेडिङका प्रबन्धकसहित ६ जना पक्राउ

नेपालखबर
साउन ४, २०७७ आइतबार १५:५७,

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा साल्ट ट्रेडिङका लिमिटेडका प्रवन्धकसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रवन्धक पंकज जोशी, काठमाडौं महानगरपालिका १ का तोप्चा उक्यान, ताहाचलका रवि श्रेष्ठ, नागार्जुन नगरपालिका ६ का नरेश लामिछाने पक्राउ परेका हुन्। यस्तै काठमाडौं महानगरपालिका ५ का दिनेश गुरुङ र काठमाडौं १३ का शशि लामिछाने पक्राउ परेका छन्।

उनीहरुको साथबाट ६२ हजार ३ सय रुपैयाँ बरामद भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।

काठमाडौं महानगरपालिका १३ स्थित प्रवन्धककै घरबाट कालिमाटी प्रहरी बृत्तले उनीहरुलाई नियन्त्रणमा लिएको हो। घरको आगनमा जुवातासा खेलिरहेका उनीहरुको साथबाट तीन बुक तास समेत बरामद भएको छ।

पक्राउ परेका ६ जनालाई ५ दिन म्याद थप गरि कालिमाटी प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad