आईआईटी, भुवनेश्वर र एम्सको संयुक्त अनुसन्धानले मनसुन तथा चिसो मौसममा भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने देखाएको छ।
वर्षाका कारण तापक्रम घट्ने र चिसो बढ्ने भएकाले कोरोना भाइरस फैलिन मौसम अनुकूल हुने अध्ययनको निष्कर्ष छ। आईआईटी भुनवेश्वरको स्कुल अफ अर्थ, ओसियन एन्ड क्लाइमेट साइन्सका सहायक प्राध्यापक विनोजको नेतृत्वमा अध्ययन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त अध्ययन प्रतिवेदनको शीर्षक हो– ‘कोभिड–१९ इन्डिया एन्ड इट्स डिपेन्डेन्स अन टेम्परेचर एन्ड रिलेटिभ ह्युमिडिटी’। इो अध्ययनमा भारतका २८ राज्यका कोरोना भाइरस फैलिने ढाँचा पनि देखाइएको छ । अनुसन्धान प्रमुख विनोजले भनेका छन्, ‘तापक्रम बढ्नाले संक्रमणको गति कम हुन्छ।’
यो अध्ययन अहिले प्रकाशन भइसकेको छैन। समाचार एजेन्सी पीटीआईका अनुसार यस अध्ययनको प्रतिवेदनबाट तापक्रम र संक्रमण बढ्नुबीच सम्बन्ध छ । विनोजकुमारले पीटीआईसँग भनेका छन्, ‘एक डिग्री सेल्सियस तापक्रम बढ्दा संक्रमण दर ०.९९ प्रतिशत कम हुन मद्दत पुग्छ।’
— Press Trust of India (@PTI_News) July 19, 2020Spread of #coronavirus may pick up pace during monsoon, winter with fall in temperatures: Study conducted jointly by IIT-AIIMS researchers in Bhubaneswar

प्रतिक्रिया