आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन्।
याे पनि: काठमाडौंसहित केही स्थानमा १२ घण्टादेखि लगातार वर्षा
राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिएका छन्।
तल भिडियो सुनौं–
— NDRRMA (@NDRRMA_Nepal) July 17, 2020यही साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परेर फेरि बाढी, पहिरो जानसक्ने संभावना छ, सचेत बनौं, सतर्क रहौं, सुरक्षित होऊ... pic.twitter.com/Dk2birlvNW
मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएकाले विशेषगरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।
शुक्रबार प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परी बाढी पहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन्।
तल सूचना पढौं-

याे पनि:
बाढी महाशाखाले भन्योः काठमाडौं उपत्यकाका नदीमा बाढी, सावधान!
Shares

प्रतिक्रिया