राष्ट्रिय परीक्षा बोर्डले हतारमा परीक्षाफल प्रकाशित गर्दा गढबढ भएको भन्दै कक्षा १२ का विद्यार्थीले प्रदर्शन गरेका छन्।
बिहीबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा परीक्षा बोर्डले ४५ दिनमै परीक्षाफल प्रकाशित गरेको थियो।
हतारमा परीक्षाफल प्रकाशित गर्दा धेरै विद्यार्थीको नतिजा बिग्रिएको उनीहरूको भनाइ छ। धेरै विद्यार्थीले पुनर्योग गर्नुपर्ने र मौका परीक्षा दिनुपर्ने अवस्था आएको उनीहरूले बताएका छन्।
त्यस्तै, पुनर्योग र मौका परीक्षाका लागि पनि शुल्क धेरै राखेको विद्यार्थीको गुनासो छ। एउटा विषयको पुनर्योग गर्न एक हजार रुपैयाँ शुल्क तोकिएको छ।




90
Shares

प्रतिक्रिया