गएको आर्थिक वर्षमा घुस लिने कर्मचारीको सूचीमा सबैभन्दा बढी नायब सुब्बा तहका कर्मचारी देखिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेको कामको विवरण अनुसार घुस लिने राष्ट्रसेवक कर्मचारीहरुमा नायब सुब्बा वा सो सरहका कर्मचारी सबैभन्दा बढी देखिएका खबर आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन्।
घुस र सिवत कारबाहीमा परेका दुई सय ७७ व्यक्तिमध्ये कर्मचारी दुई सय आठ जना रहेका अख्तियारले जनाएको छ।
यिनमा दुई विशिष्ट श्रेणी र दुई सय ६ जना अन्य कर्मचारी छन्। तीमध्ये सबैभन्दा बढी ६९ जना त नायब सुब्बा वा सो सरहका छन्।
3
Shares

प्रतिक्रिया