सशस्त्र प्रहरी बल, नेपालले मनसुन विपद् व्यवस्थापनका लागि ८ हजार १८० सशस्त्र प्रहरी कर्मचारी २४सै घण्टा स्टान्डबाई राखेको छ।
सशस्त्र प्रहरी बलले आज (असार ११ गते) विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल परिचालन, पूर्वतयारी र प्रतिकार्य योजना जारी गरेको हो।
जसअनुसार यस्तो छ तयारी
१. मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८३ अनुरूप देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका २१,६९९ जनशक्तिहरूलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा राखिएको छ भने असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई अनुशिक्षण तालिम प्रदान गरिसक्ने योजना रहेको।
२. विपद् प्रतिकार्यको निमित्त ८१८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४सै घण्टा स्टान्डबाई रहनेगरी राखिएको।
३. देशभर रहेका कार्यालयहरूमा डिजास्टर फोकल पर्सनहरू तोकी अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको।
४. एनडीआरआरएमए, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रहरू, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रहरूमा सञ्चार तालिम प्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई आवश्यक समन्वयका लागि खटाइएको।
५. सशस्त्र प्रहरी बल, नेपालका कार्यालयहरूबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानहरूको पहिचान गरी कोसी प्रदेशमा ६, मधेस प्रदेशमा ११, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ८ गरी ५४ स्थानहरूमा अस्थायी मनसुन बेस स्थापना गरी कार्य गरिरहेको।
६. १६ वटा जोखिमयुक्त स्थानहरूमा विपद् व्यवस्थापन बेस स्थापना गरी जनशक्ति एवं स्रोतसाधनसहित तयारी अवस्थामा राखिएको।
पूरा विवरण तल



Shares

प्रतिक्रिया