ad ad

समाज


म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २१ पुग्यो, धेरैको परिवार नै उजाडियो

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या २१ पुग्यो,  धेरैको परिवार नै उजाडियो

वाशुदेव मिश्र
असार २७, २०७७ शनिबार १३:८,

म्याग्दी पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ।

धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनका अनुसार सोही गाउँपालिकामा मात्रै मृतकको संख्या ९ पुगेको हो।

‘अघि म घटनास्थलमा जाँदा केहीको शव देखिएको हो’ उनले टेलिफोनमा नेपालखबरसँग भनिन्, ‘बाँकी हराइरहेका छन्, त्यहाँ खोतल्दै काम भइरहेको छ।’ उनले घटनास्थल असाध्यै विकट भएको र उद्धारमा कठिनाई भएको बताइन्। ‘उद्धार टोली पुग्ने अवस्था छैन। किनेर खाने कुरा छैन, पिउने पानी छैन। के खाने, के गर्ने भन्ने भएको छ’, उनले भनिन्,‘ म त धेरै क्षति भएकोमा पुग्दै सम्झाउँदै गरेकी छु, हामीले जनता गुमायौंँ, यहाँको अवस्था क्रिटिकल छ।’

परिवार नै उजाडियो
रातमा आएको पहिरोले धवलागिरी–६, मराङका जनिमा केसी र उनका छोरा प्रकाश केसीलाई खोस्यो। पहिरोबाट जनिमाका सानो छोरा भने भाग्यले बाँचे। ‘उनका श्रीमान् र जेठी श्रीमतीसहित छोराछोरी विदेश छन्’, गाउँपालिका अध्यक्ष पुनले भनिन्, ‘यता त्यस्तै ८ वर्षको सानो छोरा मात्रै सकुशल रहे।’ अध्यक्षका अनुुसार घटनामा पर्नेहरु प्रायःजसो एउटै परिवारका छन्।

मृत्यु पुष्टि भएका रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपाली पनि एकाघरका हुन्।

‘श्रीपालीको पनि एउटै परिवार हो’, अध्यक्ष थमसराले भनिन्,‘ त्यो परिवारमा हजुरआमा र ४ वर्षकी नातिनी मात्रै बाँचेका छन्।’ यसैगरि मृत्यु पुष्टि भएका धवलागिरी गाउँपालिका–६, मराङबाट सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे एउटै घरका आमा छोरा हुन्। उनका श्रीमान् भने विदेशमा रहेका छन्।

मराङमै बेपत्ता रहेका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली दाजुभाई खलकका हुन्। तीमध्ये बिजुलीमा काम गर्ने एकजना चाहिँ पावरहाउसमा बिजुली अन गर्न गएकाले बचेको उनले सुनाइन्।

हराइरहेका सविन पुन चाहिँ पाहुनाको रुपमा त्यो गाउँमा आएका थिए। ‘ऊ साथीकोमा आएको बेला परेको हो’, उनले भनिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .