समाज


देउवाको आग्रह : बाह्रबिसेमा तत्काल उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति हुनबाट जोगाऊ

देउवाको आग्रह : बाह्रबिसेमा तत्काल उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति हुनबाट जोगाऊ

नेपालखबर
असार २५, २०७७ बिहिबार ५:२३,

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी र पहिराबाट ठूलो जनधनको क्षति पुग्ने देखिएको भन्दै तत्काल उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन्।

बिहीबार बिहान बाह्रबिसेमा बाढीले कम्तीमा २४ घर बगाएको, २ जनाको मृत्यु भएको र १८ जना बेपत्ता रहेका छन्।

सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गरेका हुन्।

उनले सिन्धुपाल्चोकका कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्।

‘सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु’, सामाजिक सञ्जाल ट्विटरकमा देउवाले लेखेका छन्, ‘सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’

भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad