ओखलढुङगामा सुनकोशी नदीको पानीको सतह सतर्कतानजिक पुगेपछि बाढी पूर्वानुमान विभागले सूचना जारी गरेको छ।
सो विभागले सुनकोशी नदी टोक्सेलघाट, ओखलढुंगामा बिहीबार बिहान पानीको सतह ३.५ बढेको र माथिल्लो तटीय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च बिन्दूसम्म पुगेको जनाएको छ।
विभागले केहिबेरदेखि बहाव सतर्कता आसपास नै रहने वा पार गर्नसक्ने जनाएको छ। हाललाई तर खतराभन्दा तलै हुने पनि उसले जनाएको छ।
बिहीबार बिभिन्न जिल्लामा आएको अविरल वर्षाका कारण सडकहरु अवरुद्ध भएका छन् भने सिन्धुपाल्चोकको बार्हबिशेमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 9, 2020#अलर्ट
##सुनकोशी नदी टोक्सेलघाट, ओखलढुङगामा जलसतह सतर्कता नजिक, विहानबाट ३.५ मिटर बढेको, थप बढ्दो, माथिल्लो तटिय क्षेत्र सुनकोशी खुर्कोटमा जलसतह उच्च विन्दुमा पुगेर घट्न थालेकोले बहाव #सतर्कता आसपासनै रहने वा पार गर्न सक्ने, तर #खतरा भन्दा तलै हुने pic.twitter.com/bYxa4q3rBT
याे पनि: बाह्रबिसे नगरअध्यक्ष भन्छन्ः २४ घर बगायाे, २ काे शव भेटियाे, १८ बेपत्ता

प्रतिक्रिया