काभ्रेको बनेपा नगरपालिका-४ शेरामा निसान गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेको नाला शेरातर्फ आउँदै गरेको बा १ क ९२३६ नम्बरको निसान गाडी दुर्घटनामा परेको हो।
ब्रेक फेल भई गाडी सडकमै पल्टिँदा भक्तपुरको सूर्यविनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।
गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।
3
Shares

प्रतिक्रिया