ad ad

समाज


उपत्यका बाहिरबाट आएका चारवटा बस नागढुंगामा रोकिए, चालक पक्राउ

उपत्यका बाहिरबाट आएका चारवटा बस नागढुंगामा रोकिए, चालक पक्राउ

नेपालखबर
असार ७, २०७७ आइतबार १२:४९,

ट्राफिक प्रहरीले नेपालगञ्ज र झापाबाट काठमाडौं आएका ४ वटा यात्रुबाहाक बस नागढुंगाबाट नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले बस तथा चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशः विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन्।

मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .