ad ad

राजनीति


ट्रम्पले छाड्न चाहेको हतियार व्यापार सन्धिमा चीन समावेश हुन सहमत

ट्रम्पले छाड्न चाहेको हतियार व्यापार सन्धिमा चीन समावेश हुन सहमत

नेपालखबर
असार ७, २०७७ आइतबार १२:५१,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छाड्ने बताएको यस सन्धिमा समावेश हुन चीनको राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले सहमति जनाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यो विश्वव्यापी सन्धिले हतियार व्यापारलाई नियमन गर्दछ। चीनले यस सन्धिमा समावेश भएर विश्वमा प्रभावकारी भूमिका खेल्ने लक्ष्य राखेको छ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले अपनाएको यस सन्धि सन् २०१४ डिसेम्बरदेखि कार्यान्वयनमा आएको हो। १ सय ३० देशले यस सन्धिलाई अनुमोदन गरेका छन्।

चीनले सुरुवातदेखि यस सन्धिको बारेमा भएको छलफलमा सहभागिता जनाएको थियो। यद्यपी रुससहित २३ देशमध्ये चीन पनि एक थियो जसले यस सन्धिको पक्षमा भोट गरेन।

अमेरिकाले यस सन्धिमा हस्ताक्षर गरेपनि हालसम्म यस सन्धिलाई अनुमोदन नगरेको बताइएको छ। गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सन्धिबाट अमेरिका बाहिरिने बताएका थिए।

यतिबेला अमेरिकाले सन्धि त्याग्ने बताएपछि चीनले यस सन्धिमा समावेश हुने प्रयास गरिरहेको छ। बेइजिङले सन्धिमा समावेश हुन कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताइएको छ।

यस सन्धिमा समावेश भएका मुलुकहरुले हतियारको बिक्री, व्यापार, हस्तान्तरण नियमन गर्नका लागि वैश्विक मापदण्डहरु बनाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .