समाज


हेटौंडामा भान्साकोठाभित्र महिला मृत फेला, माइती आइपुगेपछि मात्रै शव निकाल्ने तयारी

हेटौंडामा भान्साकोठाभित्र महिला मृत फेला, माइती आइपुगेपछि मात्रै शव निकाल्ने तयारी

नेपालखबर
असार २, २०७७ मंगलबार ६:३२,

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, कर्रा भन्ने स्थानमा भान्साकोठाभित्र एक युवती मृत अवस्थामा भेटिएकी छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले दिएको जानकारीअनुसार २४ वर्षीया सुस्मिता थापा मंगलबार बिहान आफ्नै घरको भान्साकोठामा मृत अवस्थामा फेला परेकी हुन्।

‘प्रहरीलाई बिहान ६ः२० बजे जानकारी आएको हो,’ डीएसपी रानाले नेपालखरबसँग भने, ‘प्रहरी टोली गएर हेर्दा उनी मृत अवस्थामा देखिएकी छन्, हत्या हो वा आत्महत्या अहिले खुलिसकेको छैन।’

उनका अनुसार उनी भित्रबाट चुकुल लगाइएको बन्द भान्साकोठामा मृत भेटिएकी हुन्।

‘हामीले कोठाबाहिर झ्यालबाट मात्र हेरेका हौं,’ डीएसपी रानाले भने, ‘उनी मृत छिन्, तर ढोका खोलेर हेरेका छैनौं।’

उनको माइती पक्षका अभिभावक कपिलवस्तुको वाणगंगाबाट आउँदै गरेकाले उनीहरू आइसकेपछि मात्रै शव निकालिने उनले बताए। अहिले घटनास्थल प्रहरीले सुरक्षित राखेको छ।

झ्यालबाट मात्र हेरिएकाले उनको अवस्था पूरा रूपमा देख्न नपाइएकाले मृत्युको कारण अहिल्यै अनुमान गर्न नसकिने डीएसपी रानाले बताए।

डीएसी रानाका अनुसार ती महिलाका इन्जिनियर श्रीमान ५–६ महिनाअघि दाउन्नेमा सवारी दुर्घटनामा परी बितिसकेका छन्। उनी घरमा सासू, ससुरा र नन्दसँग बस्ने गरेकी थिइन्। उनका ससुरा शिक्षक हुन्।

‘हामीलाई घटनाबारे स्थानीयले खबर गरेका हुन्,’ डीएसपी रानाले भने, ‘उनको मृत्यु के कसरी भयो, त्यसबारे अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad