समाज


जुम्लामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

जुम्लामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

नेपालखबर
असार २, २०७७ मंगलबार ६:४१,

जुम्लाको पातारासी गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सोमबार राति भे१त ७३३२ नंको ट्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो।

जुम्ला सदरमुकाम खलंगाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

ट्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ। घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। ट्याक्टर चालक यज्ञराज बोहोरा प्रहरी नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad