माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका ५ जना विदेशी नागरिकलाई डिपोर्ट गरिने भएको छ।
उनीहरुलाई दुई वर्षसम्म नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने (फिर्ता पठाउने) निर्णय भएको अध्यागमन विभागका महानिर्देशक रमेश कुमार केसीले बताए।
एक जना नर्वेजियन नागरिक भने नेपाली युवासँग विवाह गरेर आएकी भएकाले उनलाई भने कुनै कारबाही नहुने भएको छ। अरु सबै पर्यटक भिसामा आएको पाइएको महानिर्देशक केसीले बताए।
‘सरकारविरुद्धको प्रदर्शनमा सहभागी पाँच जनालाई डिपोट गर्ने निर्णय भएको छ’, महानिर्देशक केसीले नेपालखबरसँग भने, ‘एक जना नर्वेजियन नागरिक भने नेपाली युवासँग विवाह गरेर आएकी भएकाले उनलाई भने कुनै कारबाही हुँदैन।’
उनीहरुको पासपोर्ट अध्यागमनमा राखेर अध्यागमनले खोजेको समय उपस्थित हुने सर्तमा सोमबार छाडिएको छ।
अन्तर्राष्ट्रिय उडान खोलेपछि उनीहरुलाई डिपोर्ट गरिने महानिर्देशक केसीले बताए्। अहिले उनीहरुलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
पक्राउ पर्नेमा तीन जना चीन, एक जना अष्टे«लिया र एक जना अमेरिकन नागरिक छन्। पर्यटक भिसामा आएका अष्टे«लियन नागरिकले आफु फोटो खिच्नका लागि त्यहाँ गएको बताएका छन्।
पर्यटक ऐन २०४९ र पर्यटक नियमावली २०५२, विपरीत काम गरेकाले यस्तो निर्णय गरिएको विभागले जनाएको छ। अन्य युवतीहरुले नेपाली वइफ्रेन्डले बोलाएकाले गएको तर यस्तो समस्या हुन्छ भन्ने थाहा नभएको बताएका छन्।

प्रतिक्रिया