समाज


ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १ सय ८९ घाइते

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १ सय ८९ घाइते

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ९:१३,

देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।

एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ।

स्थानीय समय अनुसार बेलुका ४ः ४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन्। विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो।

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad