समाज


बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ९:८,

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन्।

उनी आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

३४ वर्षीय सुशान्तले  के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ।

उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’, 'पिके', 'सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । यसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ।

 केहीदिन पहिले उनका पूर्व म्यानेजर दिशा सलियनले घरको छतबाट हामफालेर आतमहत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad