नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएकोप्रति आपत्ति प्रकट गरेको छ।
प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेका विषयमा विभिन्न शीर्षकमा समाचार गरेपछि सोही निहुँमा आफूलाई आइतबार विहान ११ः५ बजे फोन गरी केसीले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएका महासंघले जनाएको छ।
‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ। त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो’ महासंघले भनेको छ, ‘महासंघ पत्रकार परियारलाई दिएको धम्की घटनाको कडा शब्दमा भर्त्सना गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’

प्रतिक्रिया