ad ad

समाज


भारतमा कोरोनाबाट एकै दिन २७७ को मृत्यु, १० हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोनाबाट एकै दिन २७७ को मृत्यु, १० हजारभन्दा धेरै संक्रमित

नेपालखबर
जेठ २८, २०७७ बुधबार ०:६,

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण र त्यसबाट हुने मृत्युदर बढ्दै गएको छ।

मंगलबार एकै दिन भारतमा कोरोना संक्रमणबाट दुईसय ७७ जनाको मृत्यु भएको छ भने १० हजार दुई सय १८ जनामा संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार सात सय ५० पुगेको छ।

अहिलेसम्म भारतमा दुई लाख ७६ हजार एक सय ४६ जनामा संक्रमण देखिएको छ। भारतमा १ जुनबाट लकडाउन खुकुलो बनाइएको छ। लकडाउन खुकुलो भएसँगै त्यहाँ संक्रमण दर बढ्न थालेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

संक्रमितमध्ये एक लाख ३४ हजार ६ सय ६७ जना उपचारपछि निको भएका छन्। 

गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट चार हजार सात सय ७१ जनाले ज्यान गुमाएका छन्। यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ८५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा एक हजार ९६ जनाले ज्यान गुमाएका वर्ल्डओमिटरले जनाएको छ।

बुधबार बिहान साढे पाँच बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर संक्रमणबाट चार लाख १३ हजार ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७३ लाख ११ हजार चार सय पाँच पुगेको छ।

गएको २४ घण्टामा विश्वरभर एक लाख २० हजार नौ सय ५८ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .