ad ad

समाज


कैलालीमा कारले ठक्कर दिँदा आमाछोराको मृत्यु, २ जना गम्भीर घाइते

कैलालीमा कारले ठक्कर दिँदा आमाछोराको मृत्यु, २ जना गम्भीर घाइते

नेपालखबर
जेठ २८, २०७७ बुधबार ०:१२,

कैलालीमा कारको ठक्करबाट आमाछोराको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

कैलाली प्रहरीका अनुसार मंगलबार घोडाघोडी नगरपालिका १ सुखडमा पश्चिमतर्फ गइरहेको बा ८ च २१०० नम्बरको कारले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

दुर्घटनामा घोडाघाडी नगरपालिकाकै वडा नम्बर १ का २६ वर्षीया सोनिया चौधरी र उनका छोरा ५ वर्षीय क्रिस्टन चौधरीको मृत्यु भएको हो।

साथै कारको ठक्करबाट घोडाघोडी नगरपालिकाकै वडा नम्बर १० का ४५ वर्षीय डबल शाह र लम्किचुहा नगरपालिका-१० का ४० वर्षीय जयन्द्र सुनार घाइते भएका छन्।

घाइते दुवैलाई थप उपचारका लागिउ कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। कारका चालक बर्दगोरिया गाउपालिका १ का राजेन्द्र मल्ललाई मसुरियास्थित इलाका प्रहरी कार्यालयलेनियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .