ad ad

राजनीति


लकडाउनको नयाँ स्वरूपबारे सरकारले आज निर्णय गर्ने, त्यसअघि प्रधानमन्त्रीकाे सम्बोधन

लकडाउनको नयाँ स्वरूपबारे सरकारले आज निर्णय गर्ने, त्यसअघि प्रधानमन्त्रीकाे सम्बोधन

नेपालखबर
जेठ २७, २०७७ मंगलबार २३:४४,

लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे निर्णय गर्न आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

एक मन्त्रीका अनुसार आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ। बैठक दिउँसो २ बजे बस्नेछ।

त्यसअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत चैत ११ गतेदेखि लकडाउन लागू गरेकाे सरकारले पछिल्लोपटक थपेकाे अवधि यही जेठ ३२ गते सकिँदै छ।

लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ।

आजको  मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्ताे बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने ती मन्त्रीले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .