दाङका एक कोरोना संक्रमितमा डेंगु रोग पनि भेटिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंंगु फेला परेको हो।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेंगु भेटिएको जनाइएको छ। चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेंगु पोेजिटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ।
यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो। रासस
3
Shares
प्रतिक्रिया