कोरोना महामारीकै बीच गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार बाँके, सप्तरी, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।
कोरोनाको सबैभन्दा जोखिम देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याउँदै स्याङ्जामा कार्यरत रामबहादुर कुरुङमाङलाई बाँकेको जिम्मेवारी दिइएको छ।
पर्वतमा शम्भु रेग्मी, सप्तरीमा शंकर आचार्य र जुम्लामा भुपेन्द्र थापालाई सरुवा गरिएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको छ।

प्रतिक्रिया