समाज


भारतीय गस्ती टोली चीनले नियन्त्रणमा नलिएको भारतको भनाइ

भारतीय गस्ती टोली चीनले नियन्त्रणमा नलिएको भारतको भनाइ

नेपालखबर
जेठ १२, २०७७ सोमबार ११:७,

भारत र चीन दुवैले आफ्नो भूभाग भएको दाबी गरिरहेको भारत–चीन सिमानाका क्षेत्रमा गस्ती गर्न पुगेका भारतीय सेनालाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको खबरहरु केहीदिन अगाडि सार्वजनिक भएका थिए।

आइतबार भारतीय सेनाले चिनियाँ सेनाले भारतीय सेना नियन्त्रणमा लिएको विषय हल्ला मात्र भएको बताएको हो।

भारत र चीनबीच लद्दाख नजिकैको विवादित भूभाग पाङओङ सो र गालवन भ्यालीलाई लिएर विवाद जारी छ।

केही समय अगाडि चिनियाँ र भारतीय सेना झडपमै उत्रिएका थिए। हाल भारत र चीनबीच विवाद छलफलबाट टुंगो लगाउने प्रयत्नमा छन्।

यद्यपी त्यहाँ अहिलेपनि अवस्था तनावपूर्ण रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। चिनियाँ सेनाले यस विवादित क्षेत्रमा ड्रोनबाट गस्ती गर्ने समाचार पनि चीनमा सार्वजनिक भएका छन्। इकोनोमिक टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad