ad ad

समाज


नयाँ बानेश्वरका तीन घर सिल, स्वाब संकलन एक सातापछि मात्रै

नयाँ बानेश्वरका तीन घर सिल, स्वाब संकलन एक सातापछि मात्रै

नेपालखबर
जेठ ११, २०७७ आइतबार २:४४,

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले आइतबार बिहान त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए।

ट्रेसिङ गरिएकाको एक सातापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ। ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनु पर्ने अवस्था आएको उनले बताए।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको हो। कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला अत्यावश्यक सेवाका ढल, खानेपानीलगायतका काम भने जारी रहने वडा कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .