ad ad

राजनीति


नेपालप्रति आक्रामक भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चल्ने

नेपालप्रति आक्रामक भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चल्ने

नेपालखबर
जेठ ११, २०७७ आइतबार २:१५,

सीमा विवादका विषयमा नेपाल र नेपालीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका भारतका पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ।

भारतमै सामाजिक सद्भाव बिथोलेको आरोपमा उनीविरुद्ध भारतीय प्रहरीले नै मुद्दा चलाउन लागेको हो। यसले के देखाएको छ भने उनी सीमा विवादका विषयमा छिमेकी देशप्रति मात्रै होइन सामाजिक सदभाव खलबल्याउने गरी टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने गरेका रहेछन्।

भारतको रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीले मुस्लिम समुदायकाे मानहानी र गाली बेइज्जती गरेको भन्दै मुम्बई प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने भएको हो।

प्रहरीले दर्ता गर्न खोजको मुद्दा रोक्न उनले दायर गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गर्दै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

पत्रकार गोस्वामीले टेलिभिजन कार्यक्रममार्फत मुम्बईका सुकुमबासीविरुद्ध तुच्छ र निकृष्ट भाषा प्रयोग गरेको आरोप छ। उनका आक्रामक भिडियो वार्ताहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

न्यायाधीश डीआई चन्द्रचुड र एमआर साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ। पत्रकार गोस्वामीले केही समयअघि राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिएका थिए।

उनीविरुद्ध अदालतले १४ स्थानबाट परेका उजुरी खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

रिपब्लिक भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ। त्यसैले उनले कांग्रेस आई र मुसलमान समुदायविरुद्ध कटाक्ष गर्ने गरेको छन्। 

पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालकाे पनि चर्काचर्की भएको थियो। टिभी अन्तर्वार्ताका क्रममा उनी आक्रामक रुपमा प्रस्तुत भएपछि रिजालले कडा रुपमा प्रतिवाद गरेका थिए।

जुन सवाल-जवाफ यस भिडियाेमा हेर्न सकिन्छ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .