समाज


एचआईभी अनुसन्धानका प्रख्यात् वैज्ञानिक भन्छन्ः खोपको ठेगान छैन, काेराेना राेक्न बरु यो विधि सफल हाेला

एचआईभी अनुसन्धानका प्रख्यात् वैज्ञानिक भन्छन्ः खोपको ठेगान छैन, काेराेना राेक्न बरु यो विधि सफल हाेला

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ३:४६,

एचआईभीबारे अनुसन्धान गरेका एक प्रख्यात् अमेरिकी वैज्ञानिक विलियम हेल्स्टाइनले कोरोना भाइरसविरुद्धको खोप चाँडै आउने सम्भावना नरहेको बताएका छन्।

क्यान्सर, एचआईभी र अन्य परियोजनामा व्यापक चर्चा बटुलेका वैज्ञानिक हेल्स्टाइनलाई समाचार एजेन्सी रोयटर्सले सोधेको थियो– कोरोनाविरुद्धको खोप कहिलेसम्म आइसक्ला?

जवाफमा उनले भनेका छन्, ‘मलाई लाग्दैन, यो खाेप चाँडै बन्ला। तसर्थ कोरोना महामारी रोकथामका लागि खोपको प्रतिक्षा गर्नुभन्दा बिरामीको परीक्षणलाई तीव्र बनाउने र संक्रमण पुष्टि भएपछि उसलाई कडाइसाथ आइसोलेसन (अलग्गै) राखेर ठाउँकाे ठाउँ रोक्नुको विकल्प छैन।’

काेराेनाविरुद्ध पहिलो परीक्षण खोप सफल भएको घोषणा गरेको अमेरिकी सरकारलाई उनले यसैका भरमा लकडाउनलगायत प्रतिबन्ध खुलाउने निर्णय गरिए त्यो गलत हुने चेतावनी दिएका छन्।

याे पनि: सफल भयो कोरोनाविरुद्धको परीक्षण खोप, सोचेभन्दा राम्रो काम गरेको दाबी

उनका अनुसार अन्य प्रकारका कोरोना भाइरसका लागि तयार गरिएको यो खोप नाकलाई संक्रमणबाट बचाउन असफल देखिएको छ। तर नाकबाटै भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना धेरै हुने उनले बताएका छन्। 

विलियम हेल्स्टाइनले भनेका छन, ‘कोरोना भाइरसलाई प्रभावकारी उपचार वा खोपबिना पनि नियन्त्रण गर्न सकिन्छ। यसका लागि संक्रमणको सही पहिचान आवश्यक छ। संक्रमित व्यक्तिलाई अलग्गै राख्नु सबैभन्दा प्रभावकारी हुन्छ। अन्य व्यक्तिलाई भने हात धुने, मास्क लगाउने र सबै भन्दा बढी प्रयोग हुने वस्तु तथा ठाउँ सफा राख्नुहोस्, यसबाटै यसलाई धेरै कम गर्न सकिन्छ।’

उनका अनुसार यही तरिका अपनाएका कारण चीन, दक्षिण कोरिया र ताइवान कोरोना संक्रमण दर कम गर्न सफल भएका हुन्। तर याे नियम पालना नगर्दा अमेरिका, रसिया र ब्राजिल असफल भएकाे उनकाे भनाइ छ।

काेराेना राेक्ने अनुसन्धानअन्तर्गत अहिले केही देशमा प्लाज्मा थेरापी परीक्षण पनि चलिरहेका छन्। जुन विधिमा  कोरोना निको भएका बिरामीको शरीरमा विकसित एन्टिबडी (भाइरसँग लड्ने शक्ति) निकालेर संक्रमित व्यक्तिको शरीरमा राखिन्छ। जसले त्यो बिरामीलाई भाइरससँग लड्न मद्दत पुर्‍याई राेग निको हुने विश्वास गरिएकाे छ।

केही औषधि कम्पनीले सञ्चालन गरिरहेको यो थेरापीबाट आउने परिणामअनुसार यस विधिलाई अझ परिष्कृत बनाउने तयारी गरिरहेका छन्।

प्रोफेसर विलियम पनि कोरोना रोक्न बरु यही विधि सफल हुने विश्वास गर्छन्। उनी भन्छन्, ‘भविष्यमा यही विधि यसको पहिलो उपचार साबित हुन सक्छ, किनकि यी एन्टिबडी जसलाई हाइपरिम्युन ग्लोबुलिन भनिन्छ, जुन मानव शरीरका प्रत्येक कोषमा जान्छन् र भाइरस निको पार्ने क्षमता दिन्छन्।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad