नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
सो क्रममा स्वाब संकलनकालागि खटिएका स्वास्थ्यकर्मीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हालको अवस्थामा जोखिम मोलेर सेवा दिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सेवा दिने कर्मचारीप्रति धन्यबाद व्यक्त गरे। उनले आज स्वास्थ्य परीक्षण गरिएका सबै पत्रकारहरु कोरोना संक्रमणको जोखिम मोलेर सूचना संकलनमा अग्रस्थानमा खटिएका पत्रकार रहेको भन्दै परिीक्षण गरिएका पत्रकारको नतिजा नेगेटिभ आउने आशा व्यक्त गरे।
त्यस्तै मेडिकल ल्याब एसोसियसन अफ नेपाल (मेलानका) अध्यक्ष राजेन्द्र खड्काले कोरोना भाइरस नेपालमा समेत भित्रिसकेको अवस्थामा प्रयोगशालामा काम गर्ने जनशक्तिका लागि अतिनै संवेदनशील रहेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
मेलानका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले स्वस्थ्य प्रयोगशालामा काम गर्ने जनशक्ति न्यून रहेको भन्दै सरकारले सहि तरिकाले प्ररिचालन गर्नेपर्ने बताए। उनले निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई समेत सरकारले कोरोना भाइरस संक्रमण रोक्नका लागि परिचालन गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया