ad ad

समाज


बुटवलस्थित अस्पतालको भेन्टिलरमा उपचाररत कोरोना संक्रमितको यस्तो छ अवस्था

बुटवलस्थित अस्पतालको भेन्टिलरमा उपचाररत कोरोना संक्रमितको यस्तो छ अवस्था

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ११:५४,

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था मंगलबार अपरान्हसम्म स्थिर रहेकाे छ।

क्रिमसन अस्पतालमा उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसीयू कक्षमा उपचार भइरहेको र उनकाे अवस्था स्थिर रहेकाे सो अस्पताल प्रशासनका मनमोहन भटराईले नेपालखबरलाई बताए। ‘उहाँको अवस्था हिजो जस्तो थियो, आज पनि उस्तै छ,’ उनले भने। उनी एक स्थानीय विद्यालयका शिक्षक हुन्।

एक हप्तादेखि ज्वरो तथा टाउको दुख्ने समस्या भएपछि उन जेठ १ गते सो अस्पताल पुगेका हुन्।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .