कोरोना संक्रमणका कारण नेपालमा मृत्युको पहिलो सिकार बनेकी सिन्धुपाल्चोक बाह्रबिसे राम्चेकी सुत्केरीसँग सम्पर्क भएका उनका नवजात शिशु, श्रीमान् र उनको गाउँका मानिस सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ।
तर उनी डेरामा बस्ने गरेको काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ९ का २४ जनाको कोरोना परीक्षणको रिपोर्ट भने अझै आउन बाँकी छ।
‘अझै रिपोर्ट आइसकेको छैन,’ नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले मंगलबार दिउँसो नेपालखबरसँग भनिन्, ‘हामीले छिटो गर्न भनिरहेका छौं, तर अझै क्युमै छ भन्छन्।’
ती सुत्केरी डेरा बसेकी घरका सबै, वपरपरका छिमेकी तथा उनलाई राहत दिन पुगेका ३ जना जनप्रतिनिधिसमेतको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको छ।
याे पनि: कोरोनाबाट पहिलो मृत्युः काठमाडौंको टोखा पनि ठूलो त्रासमा, तीन जनप्रतिनिधि नै परीक्षणमा
ती सुत्केरीबाट यहाँका मानिसमा संक्रमण फैलिएको छ कि छैन भनेर निश्चित गर्न तीन जनप्रतिनिधिसहित २४ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको टाेखाकी उपमेयर डंगोलले बताइन्।
याे पनि:
कोरोनाका कारण ज्यान गुमाउने सुत्केरीका शिशु र अन्य ४ आफन्तमा देखिएन संक्रमण
मृतक महिलाको सम्पर्कमा आएका सिन्धुपाल्चोकका ५३ जनामा देखिएन कोरोना

प्रतिक्रिया