समाज


लगनखेल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ

लगनखेल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १२:४१, काठमाडौँ

रातो मत्स्येन्द्रनाथको रथयात्रा रथलाई यतिबेला लगनखेल बसपार्कमा पुर्‍याइएको छ। 

आज मत्स्येन्द्रनाथको रथलाई बसपार्कमै स्थानमा राखिनेछ। रातिबाट राँगा, बोको र हाँसको अण्डाको बली दिने परम्परा रहेको छ। 

रथयात्रा ललितपुरको सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने गरेको छ। 

वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ। यो जात्राको शुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ। 

पौराणिक कथा अनुसार कुनै समय काठमाडौँ उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो। गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन। 

ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याएका थिए। आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भएको मान्यता छ। 

त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गरिँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad