ग्लोबल


पुटिन भेट्न रुस पुगे इरानका विदेशमन्त्री

पुटिन भेट्न रुस पुगे इरानका विदेशमन्त्री

मस्को विमानस्थलमा रुसका अधिकारीहरूलाई भेट्दै इरानी विदेशमन्त्री अराघची।


नेपालखबर
बैशाख १४, २०८३ सोमबार १२:४५, काठमाडौँ

इरानका विदेशमन्त्री अब्बास अराघची रुस पुगेका छन्। 

समाचार एजेन्सीहरूका अनुसार पाकिस्तानबाट उनी रुसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

जहाँ उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्।

अराघचीले यो भ्रमण वर्तमान द्वन्द्व र क्षेत्रीय अवस्थाबारे छलफल गर्ने महत्त्वपूर्ण अवसर हुने बताएका छन्।

रुसको सेन्ट पिटर्सबर्गमा अब्बास अराघचीले भने, ‘हामी हाम्रा रुसी मित्रहरूसँग युद्ध र वर्तमान अवस्थाबारे छलफल र पछिल्ला घटनाक्रमको समीक्षा गर्नेछौँ। अनि स्वाभाविक रूपमा आवश्यक समन्वय पनि गर्नेछौँ।’

रुस पुग्नुअघि आइतबार अराघचीले पाकिस्तानको भ्रमण गरेका थिए।

उनका अनुसार पाकिस्तानमा रहँदा इरान र अमेरिकाबिच कुन परिस्थितिमा वार्ता अगाडि बढ्न सक्छ भन्नेबारे पाकिस्तानी अधिकारीहरूसँग छलफल भयो।

अराघची आइतबार साँझ दोस्रोपटक पाकिस्तान आएका थिए। त्यसअघि शनिबारसम्म उनी पाकिस्तानमै थिए। 

शनिबार साँझ ओमान प्रस्थान गरेका अराघची फेरि पाकिस्तान आएर अहिले रुस पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad