समाज


ओभरटेक गर्दा सुमो र स्कारपियो ठोक्किए, नौ यात्रु घाइते

ओभरटेक गर्दा सुमो र स्कारपियो ठोक्किए, नौ यात्रु घाइते

सुनिता विष्ट
बैशाख ५, २०८३ शनिबार २१:३, हेटौंडा

मकवानपुरको जुरिखेतमा सुमो र भारतीय नम्बर प्लेटको स्कारपियो एक-आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। 

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतमा दुर्घटना भएको हो। शनिबार साँझ करिब ६:१० बजे काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको ना. ३ च ६०५२ नम्बरको सुमोलाई सोही दिशातर्फबाट आएको बीआर २२ एजेट २५१७ नम्बरको भारतीय स्कारपियोले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको इलाका प्रहरी कार्यालय, भीमफेदीले जनाएको छ। ठक्करपछि दुवै गाडी सडकमा पल्टिएका थिए।

दुर्घटनामा सुमो चालक पर्साको वीरगञ्ज महानगरपालिका-१४ का ४८ वर्षीय महाबुव आलम मन्सुरीको ढाडमा सामान्य चोट लागेको छ। सुमोमा सवार हेटौडा उपमहानगरपालिका-५ शान्तीनगरका ४१ वर्षीय न्युटनबहादुर क्षेत्रीको खुट्टा, हात, टाउको र छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। अन्य दुई यात्रु यात्रु सकुशल रहेका छन्।

त्यस्तै, स्कारपियोमा सवार सात जनामध्ये चालक भारतको बेतियाका २६ वर्षीय सरुप पटेलको खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए। डीएसपी बोगटीका अनुसार, दुर्घटनामा २६ वर्षीय रिसबकुमार सराफ र ३५ वर्षीया रेश्मी देवी सराफको हातखुट्टामा सामान्य चोट लागेको छ भने ११ वर्षीय रबीकुमार सराफको कम्मर र पेटमा चोट लागेको छ।

त्यस्तै, १५ वर्षीया नन्दनीकुमारी सराफको कम्मर र पेटमा मध्यम प्रकृतिको चोट लागेको प्रहरीले जनाएको छ। अन्य दुई जना सामान्य अवस्थामा रहेका छन्।

घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुवै सवारी साधन घटनास्थलमै रहेका छन्।

प्रहरी निरीक्षक बिकु नारायण कासिछुवाको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याएको हो। उद्धारमा सशस्त्र प्रहरी बलको टोली पनि खटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad