समाज


विभिन्न जिल्लामा आगलागी, २८ लाख भन्दा धेरैको क्षति

विभिन्न जिल्लामा आगलागी, २८ लाख भन्दा धेरैको क्षति

फाइल फोटो


नेपालखबर
चैत २५, २०८२ बुधबार १३:३, काठमाडौँ

विभिन्न जिल्लामा भएका आगलागीका घटनामा लाखौँको क्षति भएको छ। 

रौतहट, धनकुटा, सुर्खेत, बारा, ललितपुर, बाँके लगायतका जिल्लामा आगलागीका घटना भएका  प्रहरीले जनाएको छ। 

रौतहटको गरूडा नगरपालिका-५ महम्मदपुर बस्ने बिसुन दयाल राय यादवको गोठमा आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

त्यसैगरी रौतहटकै परोहा नगरपालिका-८ बस्ने सरोज पटेलको भान्साघरमा आगलागी हुँदा भान्साघर पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगसिर धनकुटाको सहिदभूमि गाउँपालिका-३ बस्ने कमल राईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ। 

आगलागीबाट करिब १० लाख ६ हजार रूपैयाँ बराबरको क्षति भएको छ। 

त्यसैगरि सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटेचौर बस्ने गिताराम थापाको शिवशक्ति सोलार तथा आयल मिलको स्टोर कोठामा पनि आगलागी भएको छ। 

विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरि बाराको कोल्हवी नगरपालिका-५ बोधवन बस्ने दिपक बरालको गोठमा विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

त्यसैगरि ललितपुरको गोदावरी नगरपालिका-१० डाँडागाउँ बस्ने अन्जना दुलालको गोठमा पनि आगलागी भएको छ। 

मंगलबार दिउँसो भएको आगलागी घटनामा करिब ५ लाख ६४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरि बाँकेको जानकी गाउँपालिका-२ रटैयाटोल बस्ने मञ्जु बुढाको घरमा पनि आगलागी भएको छ। 

मंगलबार दिउँसो आगलागी हुँदा करिब १ लाख ४९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 
यी सबै आगलागी स्थानीय बासिन्दा र कमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ।

यी आगलागीका घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad