पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका कारण गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार साँझ काठमाडौँमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा बढी नुवाकोटमा ३४।२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि सिन्धुपाल्चोकमा २१।८ मिलिमिटर वर्षा भएको छ।
प्राप्त विवरणअनुसार प्यूठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौँ उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अन्य धेरै मापन केन्द्रहरुमा हल्का वर्षा भएको छ।
आज पनि देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने तथा देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
बुधवार भने धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ।
Shares

प्रतिक्रिया