ad ad

समाज


लकडाउन ५३ औं दिनमाः अहिलेसम्म २२ हजार ६ सयको पीसीआर परीक्षण

लकडाउन ५३ औं दिनमाः अहिलेसम्म २२ हजार ६ सयको पीसीआर परीक्षण

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ९:५,

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ दिन पुगेको छ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ। लकडाउनका कारण जनजीवन प्रभावित भएको छ। लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो। त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो। तर फेरि कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ।

शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ। प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ। उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म २ सय ५८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। जसमध्ये ३५ जना निको भएका छन भने २ सय ७२ जना आइसोलेसनमा रहेका छन्। अहिलेसम्म २२ हजार ६ सय ७३ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६२ हजार ३ सय २७ जनाको आरडीटी परीक्षण भएको छ। अहिले देशभर १५ हजार ६ सय जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .