ad ad

राजनीति


जेठ ५ पछि जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्न उच्चस्तरीय समितिको सिफारिस

जेठ ५ पछि जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्न उच्चस्तरीय समितिको सिफारिस

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ८:५४,

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मनि्त्रपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले जेठ ५ गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले बताए।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गररेको छ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए। चार्टर्ड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा उनले केही बताएनन्।

समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ। अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो। छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाब दिएका छन्। आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाब दिएका छन्। विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .