समाज


बबरमहलमा झडप, आन्दोलनकारीको निशानामा परे औषधि लिमिटेडका गार्ड (तस्बिरहरू)

बबरमहलमा झडप, आन्दोलनकारीको निशानामा परे औषधि लिमिटेडका गार्ड (तस्बिरहरू)

सरोज शाही
चैत १५, २०८२ आइतबार १६:५६, काठमाडौँ

काठमाडौँको बबरमहलमा आन्दोलनकारी नेकपा (एमाले) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

झडपका क्रममा केही व्यक्तिहरू घाइते भएका छन्।

एमाले कार्यकर्ताको कुटपिटबाट नेपाल औषधि लिमिटेडका एकजना गार्डको टाउको फुटेको छ भने केही प्रहरीसमेत घाइते भएका छन्। 

प्रहरीले आधा दर्जनजति कार्यकर्तालाई पक्राउ गरेको छ। 

गत भदौ २३ गतेको जेनजी आन्दोलनको दमन गरेको आरोपमा पक्राउ परेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमाले कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। 

पक्राउ परेका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता भइरहँदा काठमाडौँ जिल्ला अदालत बाहिर झडप भएको हो। 

ओली–लेखकको मुद्दामा भोलि (सोमबार) सुनुवाइ हुने भएको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad