गायिका कोमल वलीका पिता ललितबहादुर वलीको घरको छतबाट खसेर मृत्यु भएको छ।
नेकपा एमाले नेत्री तथा राष्ट्रियसभा सदस्य वलीका पिताको शुक्रबार दाङको तुलसीपुरमा रहेको घरको छतबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका एसपी शारदा प्रसाद चौधरीले जानकारी दिए।
ललितबहादुर ८५ वर्षका थिए।
गायिका वलीले पनि सामाजिक सञ्जालमार्फत् पिताको निधन भएको जानकारी दिएकी छन्।
‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललितबहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ। म काठमाडौंबाट आउँदै छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि वहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै), तुलसीपुरमा राखिने छ।’
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया