कथा वाचिका राधिका दासीको उजुरीका आधारमा पक्राउ परेर बिहीबारै छुटेकी वेदिका केसी आज शुक्रबार पनि साइबर ब्युरोमा उपस्थित हुनुपर्ने भएको छ।
ब्युरोले १० दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले एक दिन मात्रै म्याद दिएपछि उनी बिहीबारै रिहा भएकी हुन्।
बिहीबार हाजिरी जमानीमा रिहा गर्दा वेदिकालाई आज शुक्रबार उपस्थित हुनुपर्ने कागज गराइएको थियो।
साइबर ब्युरोका प्रवक्ता दिलीप गिरीका अनुसार अनुसन्धान जारी रहेकाले उनलाई आज उपस्थित हुन भनिएको हो।
वेदिकाले सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीको मानहानि तथा साइबर अपराध गरेको आरोप छ।
प्रहरीले सोही जाहेरीका आधारमा अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरेको थियो।
129
Shares

प्रतिक्रिया