समाज


सपना प्रधान मल्ललाई फेरि कामु प्रधानन्यायाधीशको जिम्मेवारी

सपना प्रधान मल्ललाई फेरि कामु प्रधानन्यायाधीशको जिम्मेवारी

नेपालखबर
साउन ८, २०८३ शुक्रबार ११:५३, काठमाडौँ

सर्वोच्च अदालतमा कामुप्रधानन्यायाधीशको जिम्मेवारी फेरि सपना प्रधान मल्लले पाएकी छन्। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएकाले मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएका हुन्।

मल्ल सबैभन्दा वरिष्ठ न्यायाधीश हुन्।

यसअघि शर्मा प्रधानन्यायाधीश नियुक्त हुनु पहिले पनि मल्लले कामु प्रधानन्यायाधिशका रुपमा लामो समय जिम्मेवारी सम्हालेकी थिइन्।

तर आफू प्रधानन्यायाधीश नियुक्त नभएपछि असन्तुष्ट बनेकी मल्ल प्रधानन्यायाधीशको पदभार ग्रहणमा समेत अनुपस्थित थिइन्।
असन्तुष्टिकै कारण मल्लले त्यसैदिनबाट २० दिनको बिदा लिएकी थिइन्। सार्वजनिक रुपमै देखिने गरी प्रधानन्यायाधीशसँग असन्तुष्ट बनेकी मल्ल बिहीबार साँझ प्रधानन्यायाधीश शर्मालाई बिदाई गर्न भने विमानस्थल पुगेकी थिइन्। 

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। जेठ ५ गते शर्मा प्रधानन्यायाधीश नियुक्त भएका थिए। 

मल्लसहित वरिष्ठ न्यायाधीशहरूसँग खटपटकै कारण प्रधानन्यायाधीश शर्माले संवैधानिक इजलाससमेत आफै न्यायाधीश छानेर गठन गरेका थिए। उनले वरिष्ठतम् तीनै जना न्यायाधीशलाई इजलासमा राखेका थिएनन्। 

भारतका समकक्षी सूर्य कान्तको निमन्त्रणामा बिहीबार शर्मा नेतृत्वको टोली भारत पुगेको छ। 

भ्रमणका क्रममा भारतको सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रम छ। 

भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा शर्मा र सहरजिस्ट्रार अमित उप्रेती सहभागी छन्। 

प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने सर्वोच्चले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad