समाज


करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १२:४९, काठमाडौँ

झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएकाे छ।

कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको हो। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय  खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। 

वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम प्राप्त गरेका थिए।। घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad