बिहारका ७६ वर्षका वृद्ध कलकत्ताको अस्पतालमा उपचारबाट बन्चित भएको इन्डिया टुडेले जनाएको छ।
बिरामी वृद्ध साहिद अहमद याह्यलाई उनका परिवारले गत मे ९ मा निजी अस्पताल अपोल्लो ग्लेनइगल्समा उपचारका लागि लगेका थिए।
तर अस्पतालले कोरोना भाएको शंका गर्दै बिरामीलाई उपचार नै गर्न मानेन्।
वृद्धका ज्वाई मोख्तर आलमले अस्पतालको लापारवाहीकै कारण आफ्ना ससुराको मृत्यु भएको आरोप लगाएका छन्।
वृद्ध पहिल्यैबाट पार्किन्सन्सका बिरामी थिए। प्रहरीले हाल अस्पतालका अधिकारीहरुलाई बोलाएर अनुसन्धान गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया