कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार पर्साको नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई जना अस्पतालबाट भागेका छन्।
उनीहरु बुधबार दिउँसो भागेको पर्साका प्रहरी नायव उपरीक्षक बीरेन्द्र बहादुर साहले बताए।
भागेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
अस्पतालकाे सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शाैचालयकाे झ्यालबाट भागेका थिए।
अस्पतालको सीसीक्यामेरा परीक्षण गरिरहेको र उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मंगलबार पर्सामा ५७ जना संक्रमित भेटिएका थिए।

प्रतिक्रिया