समाज


राशिफल २१ फागुन : मिथुनको शत्रु हाबी हुने, मीनलाई मिष्ठान्न भोजनको अवसर, तपाईँको दिन कस्तो?

राशिफल २१ फागुन : मिथुनको शत्रु हाबी हुने, मीनलाई मिष्ठान्न भोजनको अवसर, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
फागुन २१, २०८२ बिहिबार ४:३४, काठमाडौँ

आज बिहीबार, २१ फागुन २०८२ (५ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: मन शान्त रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। धैर्यताले सही समय ल्याउँछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ कामको थालनी होला। शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। शत्रुपक्ष हाबी हुन सक्नेछन्। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। व्यापार व्यवसायबाट खासै कमाइ नहोला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट: नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। रोकिएका काम सुचारु हुनेछन्। लाभदायक यात्राको सम्भावना छ। सहयोगी हात अघि बढ्नेछन्। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ। अधुरा काम पूरा होलान्। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या: आँटेको काम पूरा हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ-नयाँ अवसरले घेर्ने छन्। मन्त्र- बाटो आफैँ बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ। प्रेमी-प्रेमिकाबिच खिन्नता बढ्ला। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: लाभहानि बराबर रहनेछ। स्वादिष्ट परिकारको अवसर छ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ। प्रयास कहिल्यै खेर जाँदैन।

भाग्यशाली रङ पर्पल र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ५९, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: दबाब र तनाव बढेको महसुस हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। साँझमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाई कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर: शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुनेछन्। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। मन्त्र- कर्म नै मेरो धर्म, सफलता मेरो परिणाम हो।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कुम्भ: आत्मबलमा कमी आउनेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। अध्ययन-अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। बुद्धिले काम नगर्न सक्छ, अतः सचेत रहनुहोला। व्यवसायमा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: सबैले तपाईँको काममा सहयोग गर्नेछन्। नयाँ काम पनि पाउन सकिन्छ। मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad