ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथलीमा प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ७ चाँगाथली बस्ने वर्ष २९ को विकास भन्ने बुद्ध तामाङ, सल्यानको दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने वर्ष २० को रमेश शाही, सोही ठाउँका २० वर्षीय शंकर शाही र रुकुम सानोभेरी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने वर्ष २२ को राजु मगर रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार यही फागुन १८ गते राति अन्दाजी पौने ११ बजेको समयमा प्रहरी प्रभाग लुभुबाट खटिएको क्यूआरटी टोली चाँगाथली एरियामा गस्ती गर्दै जाने क्रममा केही व्यक्तिहरुले प्रहरी टोलीलाई एक्कासी ढुङ्गा मुढा गरी आक्रमण गरेका थिए।
त्यसक्रममा आत्मरक्षाको लागि १ राउन्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिई र थप टोली परिचालन गरेर घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध उत्तेजना रिसको आवेशमा आई कुटपिट गरेको सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ भने घाइते प्रहरी कर्मचारीको किष्ट अस्पताल इमाडोल ललितपुरमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया